काठमाण्डौ । सिद्धार्थ बैंकले यूएनओ इन्टरनेट भेञ्चरसँगको सहकार्यमा सिद्धार्थ यूएनओ(Uno) क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

सिद्धार्थ बैंकको सिद्धार्थ भिसा क्रेडिट कार्ड र यूएनओ डिस्काउन्ट कार्डका विभिन्न विशेषताहरुलाई समावेश गरी सञ्चालनमा ल्याइएको सिद्धार्थ यूएनओ क्रेडिट कार्डका ग्राहकले देशभर रहेका ३५० भन्दा बढी साझेदार केन्द्रहरुमा वस्तु तथा सेवा खरिद/भुक्तानी गर्दा १० देखि ४० प्रतिशतसम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

यसबाट क्रेडिट कार्डको प्रयोगबाट  भुक्तानी कार्य प्रोत्साहित हुने बैंकको दाबी छ ।

हाल सिद्धार्थ बैंकले ८५ एटीएम, १ मोबाइल एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र र २५० भन्दा बढी पिओएस मेसिनबाट सेवा प्रवाह गरिरहेको छ ।