काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा १३.३८ प्रतिशतले घटेको छ।
चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा २८ करोड ५१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको खुद नाफा ३२ करोड ९२ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा संस्थाका सञ्चालन मुनाफा पनि ६.२४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ४८ करोड २५ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा घटेर ४५ करोड २२ लाख रुपैयाँमा सीमित बनेको छ।
यो अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत ४६ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानीबापत संस्थाले ४८ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको थियो।
संस्थाले समीक्षा अवधिमा ७ अर्ब ६ करोड सापटी लिई ८ अर्ब ६ करोड कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६ अर्ब ६३ करोड रुपैयाँ सापटी लिई ८ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
संस्थाको जगेडाको आकार २०.१८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ अर्ब ४१ करोड रुपैयाँ रहेको जगेडामा बढेर १ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।
संस्थाको चुक्तापुँजी ८९ करोड ९३ लाख रुपैयाँ रहेको छ।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १३.३८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ३६.६१ रुपैयाँ रहेको ईपीएस घटेर ३१.७१ रुपैयाँमा झरेको छ।
संस्थाको प्रतिसेयर नेटवर्थ २८९.०३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) २२.११ गुणा रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago