काठमाण्डौ । आरएसडिसी लघुवित्त बित्तीय संस्थाले निश्कासन गर्न लागेको हकप्रदलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको ग्रेडिङ्ग प्रदान गरेको छ । 

यो भनेको कम्पनीको आधारभूत अवस्था औसतभन्दा तल रहेको संकेत हो । यस्तो कम्पनीमा लगानी गर्नुअघि लगानीकर्ताले सोच्नुुपर्ने हुन्छ । 

आरएसडिसी लघुवित्तले निकट भविष्यमै २१ करोड ५९ लाख ६० हजार रुपैयाँ बराबरको हकप्रद निश्कासन गर्न लागेको छ । 

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले कम्पनीको बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।