काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ।
आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले ११ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३९०.५७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ३६०.५२ प्रतिशतले बढेर १५ करोड ८८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ करोड ४४ लाख रुपैयाँमा सीमित थियो।
संस्थाको खुद ब्याज आम्दानी पनि ११०.९८ प्रतिशतले बढेर ३० करोड ७२ लाख रुपैयाँ छ। अघिल्लो वर्ष यस्तो आम्दानी १६ करोड ५६ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा संस्थाले २ अर्ब ७७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष १ अर्ब ४२ करोड रुपैयाँ सापटी लिई २ अर्ब ५१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार १३२.५४ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्ष ७ करोड ३ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १६ करोड ३६ लाख रुपैयाँ पुगेको छ।
चुक्तापुँजी २८ करोड ६७ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४१.१३ रुपैयाँ पुगेको छ। पीई रेसियो ३८.२७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५७.०६ रुपैयाँ रहेको छ।
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago