काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा शिव प्रसाद ज्ञवाली नियुक्त भएका छन् ।

कम्पनीको गत असोज २९ बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी चार वर्षसम्म हुनेछ ।यसअघि उनी कम्पनीको कायम मुकायम सीईओ थिए ।