काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले बीपीडब्ल्यू लघुवित्त र देउराली लघुवित्तलाई प्राप्ति गर्ने भएको छ।

आरम्भ चौतारीले ती दुवै लघुवित्तलाई गत पुस १३ गते प्राप्ति गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको हो। आरम्भ चौतारी नेप्सेमा सूचीकृत कम्पनी हो भने बीपडब्ल्यू र देउराली लघुवित्त नेप्सेमा सूचीकृत छैनन्। 

बीपीडब्ल्यूको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा र देउरालीको रुपन्देहीको बुटवलमा रहेको छ। 

यसैबीच आरम्भ चौतारीले सीवाईसी नेपाल र शालिग्राम लघुवित्तसँग मर्जरमा जाने प्रारम्भिक सहमतिपत्र रद्द गरेको छ। यसअघि यी तीनवटै लघुवित्तको संयुक्तपत्रबाट मर्जरमा जाने सैद्धान्तिकपत्र गत असोज ९ गते नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा पठाएको थियो। अहिले यी तीनैवटाको संयुक्त मर्जर समितिको गत पुस ९ गते बसेको बैठकले प्रारम्भिक सहमति रद्द गरेको जानकारी प्राप्त भएको विभागले जनाएको छ। 

सोही कारण अब आरम्भ लघुवित्तको धितोपत्र दोस्रो बजारमा सेयरका कारोबार रोक्का गर्नु नपर्ने विभागले स्पष्ट पारेको छ। योसँगै आरम्भ चौतारी लघुवित्तको सेयर कारोबार पनि नेप्सेले फुकुवा गरेको छ।