 
                     
                                
                             
                                    काठमाण्डौ । आइफोन निर्माता कम्पनी एप्पल बलियो आम्दानी प्रतिवेदन सार्वजनिक भएसँगै सरकारी स्वामित्वमा रहेको साउदी अरामकोलाई उछिन्दै विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक कारोबार गर्ने कम्पनी बनेको छ।
गत शुक्रबार एप्पलको सेयरमूल्यमा १०.४७ प्रतिशतको उछालका साथ बन्द भएको थियो। योसँगै कम्पनीको बजारमूल्य १.८४ ट्रिलियन डलर पुगेको छ। 
बजारमा गत वर्ष गरेको डेब्यूपछि सबैभन्दा धेरै मूल्य भएको सार्वजनिक सूचीकृत कम्पनीका रुपमा रहँदै आएको अरामकोको बजारमूल्य १.७६ ट्रिलियन डलर रहेको छ। 
गत बिहीबार एप्पलको दोस्रो त्रैमासको आम्दानी प्रतिवेदन सार्वजनिक भएपछि कम्पनीको सेयरमूल्यमा उछाल आएको हो। सेयरमूल्यमा आएको उछालले लगानीकर्ताहरुले गत वर्षको तुलनामा ११ प्रतिशतभन्दा बढी सम्पत्ति आर्जन गरेका छन्।
कम्पनीले मार्च महिनामा कोरोनाभाइरसका कारण व्यापारमा देखिएको न्यूनतम विन्दुबाट रिकभर गरेको थियो। कोरोनाको विश्वव्यापी प्रभावका बाबजुद पनि एप्पलले हरेक क्षेत्र र भूगोलमा आफ्नो आम्दानी वृद्धि गर्न सफल भएको छ। कम्पनीले पहिले प्रक्षेपण गरिएभन्दा १४ प्रतिशत धेरै आर्जन गर्न सफल भएको छ। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19