काठमाण्डौ । क्रिसमस नजिकिँदै जाँदा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या युरोप र अमेरिकामा दिनप्रतिदिन बढ्दै गएका छन्। यससँगै विश्वव्यापी रुपमा आउन सक्ने आर्थिक मन्दीको सम्भावनाका कारण अमेरिकाका मुख्य तीन ठूला सेयर मार्केटमा भारी गिरावट आएको छ। 

डाउजोन साताको पहिलो कारोबारमा ४३० प्वइन्ट अर्थात १.२ प्रतिशतले गिरावट आएको छ। सोमबार एस एन्ड पी ५०० मा पनि १.१ प्रतिशतले गिरावट आएको छ। नास्डक पनि १.२ प्रतिशतले ओरालो लागेको छ। 

त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पनि गिरावट आउन थालेको छ। कच्चा तेलको भाउ ४ प्रतिशतले घटेर प्रतिब्यारल ७१ डलरमा झरेको छ। 

अधिकांश एसियन र युरोपियन सेयर बजारमा पनि गिरावट आउन थालेको छ। सांघाई सूचकमा भने ब्याजदरमा नियन्त्रणसँगै सामान्य गिरावट आएको छ। – एजेन्सी