काठमाण्डौ । साताको अन्तिम कारोबार एसियाली सेयर बजारमा हरियाली छाएको छ। 

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएअनुसार विश्वमा आर्थिक मन्दी त्रासबीच एसियाली सेयर बजारमा भने त्यसको प्रभाव खासै परेको छैन। भारतको सबैभन्दा ठूलो सेयर बजारको सूचक सेन्सेक्स आज १४३ अंकको बढोत्तरीका साथ  ६० हजार नजिक बन्द भएको छ। 

यसैगरी जापानको निक्की २२५ पनि ०.१७ प्रतिशतले बढेर  २७ हजार ५१८ मा बन्द भएको छ। साउथ कोरियाको कोस्पी १.२७ प्रतिशतले बढेर २४९० मा बन्द भएको छ।

चाइनाको सांघाई कम्पोजिट र सेन्जेन कम्पोनेन्ट पनि बढेर नै बन्द भएका छन्। बिहीबार वालस्ट्रिट र नास्डाकमा पनि बढोत्तरी आएको थियो। –एजेन्सी