काठमाण्डौ । दिग्गज आईटी कम्पनी कग्निजेन्टले केही शाखा कार्यालयहरु बन्द गर्नुका साथै ३ हजार ५०० कर्मचारीलाई हटाउने निर्णय गरेको छ।
कम्पनीले लागत घटाउनका लागि आफ्ना केही शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो। कग्निजेन्ट एक अमेरिकी कम्पनी हो। तर, यसको सञ्चालनको प्रमुख हिस्सा भारतमा छ।
अमेरिकालगायत युरोपेली मुलुकमा देखिएको मन्दीले आईटी कम्पनीको आम्दानीमा असर गरेको छ। हाल कग्निजेन्टमा ३ लाख ५५ हजार ३०० कर्मचारी कार्यरत छन्।
काग्निजेन्टले वार्षिक आधारमा नाफामा सामान्य ३ प्रतिशतको बढोत्तरी भएको छ। योसँगै कम्पनीको राजस्व ४ अर्ब ८१ करोड डलर पुगेको छ। राजस्व वार्षिक ०.३ प्रतिशत ले घटेको छ। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago