काठमाण्डौ । अमेरिकी रोजगारदाता कम्पनीहरुले गत अक्टोबरमा १ लाख ५० हजार रोजगारी थपेका छन् ।
त्यहाँ अहिले बेरोजगारी दर ३.९ प्रतिशतसम्म पुगेको अमेरिकी श्रम विभागले जनाएको छ । स्वास्थ्य सेवा, सरकारी र सामाजिक सहायतामा रोजगारीका अवसरहरु सृजना भएका छन् ।
श्रम साङ्ख्यिकी विभाग (बीएलएस) का अनुसार कार निर्माण कम्पनीमा कामदारहरूको हडतालको कारण कार उत्पादन क्षेत्रका भने करिब ३५ हजार रोजगारी गुमेका छन् ।
अमेरिकी रोजगारदाताहरूले सेप्टेम्बरमा २ लाख ९७ हजार रोजगारीहरू थपेका थिए । अगष्टमा पनि आर्थिक बृद्धि दर घटेपछि रोजगारी संख्या १ लाख ६५ हजारमा झरेको थियो ।
यी संशोधनहरूको साथ अगस्ट र सेप्टेम्बरमा संयुक्त रूपमा रोजगारी पहिले रिपोर्ट गरिएको भन्दा १ लाख १ हजार संख्या कम थियो ।
अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले यसै साताको शुरुमा भनेका थिए, ‘श्रम बजार अझै कडा छ तर आपूर्ति र मागको अवस्था राम्रो सन्तुलनमा आउँछ ।’
मुद्रास्फिति घटाउनका लागि सम्भावित बृद्धिदरभन्दा कम हुने र श्रम बजारको अवस्था नरम हुने सम्भावना छ । बीएलएसको प्रतिवेदनले श्रम शक्तिको सहभागिता दर ६२.७ प्रतिशत रहेको देखाएको छ, जुन सेप्टेम्बरको ६२.८ प्रतिशतको तुलनामा केही कम थियो । कोभिड महामारी पूर्वको स्तर ६३.४ प्रतिशतभन्दा कम थियो ।
अमेरिकामा आज लाखौं मानिसहरु आवेदन गरिरहेका छन् तर त्यहाँ ८० लाख मानिस बेरोजगार रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।
विश्व अर्थतन्त्रमा परेको असरले गर्दा अमेरिकामा मात्र होइन धेरै देशहरुमा एकातिर बेरोजगारीको संख्या बढ्दै छ भने अर्कोतर्फ महँगी पनि आकासिएको छ।-एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19