काठमाण्डौ । आन्तरिक दस्तावेज लिक भएको निकै आलोचनाका बाबजुद फेसबुकले वित्त वर्ष २०२१ को तेस्रो त्रैमासमा सोचेभन्दा बढी कमाउन सफल भएको छ।
फेसबुकले तेस्रो त्रेमास (जुलाई–सेप्टेम्बर) मा ९ अर्ब डलर मुनाफा आर्जन गरेको छ। जब गत वर्ष यही अवधिमा फेसबुकले ७.८ अर्ब डलरमात्र मुनाफा आर्जन गरेको थियो।
फेसबुकका एक पूर्वकर्मचारी फ्रान्सिस हगनले फेसबुकमाथि अनैतिक व्यवहारको आरोप लगाएका थिए। उनले फेसबुकका थुप्रै आन्तरिक दस्तावेज मिडियामा सार्वजनिक गरेका थिए। उनले फेसबुकले आफ्नो युजर्सको सुरक्षाभन्दा कमाइलाई बढी जोड दिइरहेको आरोप लगाएका थिए।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले कम्पनीमाथि लागेको आरोपको खण्डन गरेका छन्। उनले झुठो दस्तावेज सार्वजनिक गरेर कम्पनीलाई बदनाम गर्ने कोसिस गरिएको दाबी गरेका छन्।
फेसबुकका अनुसार पछिल्लो एक वर्षको अवधिमा मासिक युजर्कको संख्या ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको छ।
त्यसो त एप्पलको गोपनीयतासम्बन्धी नियामका कारण फेसबुकको विज्ञापनबाट हुने कमाइ भने घटेको छ। जसका कारण राम्रो मुनाफाका बाबजुद फेसबुकको आम्दानीमा असर परेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19