काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमा बढाएको छ। 

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाइएको हो। 

पहिलो आवसीय घर कर्जाको सीमा बढाएर २ करोड पुर्याइने भएको छ। यसअघि यस्तो सीमा १ करोड ५० लाख रुपैयाँसम्मको थियो। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत रेमिट्यान्स खातामा दिइँदै आएको १ प्रतिशत थप ब्याज दिने व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ। 

बैंक तथा वित्तीय संस्थामा खाता खोली रेमिट्यान्स पठाएमा कम्तीमा १ प्रतिशत थप ब्याज दिने व्यवस्था निरन्तरता दिइएको नीतिमा उल्लेख छ।