prabhu bank limited
काठमाण्डौ । धितोपत्र बोर्डले आवेदन दिएको करिब १ वर्षपछि प्रभू बैंकलाई १० बराबर ४० को अनुपातमा हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ ।
अनुमति पाएसँगै अन्यौलमा रहेको प्रभूू बैंकको पूँजीवृद्धि योजनाले गति पाउनेछ । यो बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३५ लाख कित्ता हकप्रद बिक्री गर्नेछ ।
सनराइज क्यापिटल मार्केट लिमीटेड हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ ।
हाल यो बैंकको चुक्तापुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदपछि चुक्तापूँजीले ८ अर्ब २४ करोडको उचाई चुम्नेछ ।
बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ करोड ७ लाख खूद नाफा आर्जन गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago