काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । 

यी दुई लघुवित्तबीच गाभ्ने गाभिने विषयको प्रारम्भिक समझदारी चैत २९ गते साँझ भएको हो । 

आशा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालका अनुसार दुवै संस्थाका सञ्चालक समितिका अधिकारीहरुबीच प्राप्ति सम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो।

आशा लघुवित्त नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडानम्बर ६ मदानपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न जिल्लामा ५५ वटा शाखामार्फत वित्तीय सेवा दिंदै आएको कम्पनी हो । 

यस्तै, राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय चाहिँ काभ्रेको बनेपा नगरपालिका वडानम्बर १३ साँगामा रहेको छ ।  यो लघुवित्तको पनि ७ वटै प्रदेशका विभिन्न जिल्लामा १०० वटा शाखा कार्यालय रहेका छन् । 

राष्ट्रउत्थानको चुक्तापूँजी २६ करोड रुपैयाँ रहेको छ । 

यस्तै, आशा लघुवित्तको चुक्तापूँजी ३३ करोड ३९ लाख रुपैयाँ रहेको छ ।