काठमाण्डौ । इजरायल–हमास युद्धले प्यालेस्टाइनको बढ्दो टेक र स्टार्टअप कम्पनीलाई बर्बाद हुन थालेका छन्।

संसारको सबैभन्दा आर्थिक रुपमा चुनौतीपूर्ण क्षेत्रहरुमध्ये एक भए पनि गाजामा धेरै शीर्ष कम्पनीहरु देखा परेका थिए। टेकक्रन्चको रिपोर्टअनुसार गाजामा काम गर्नेहरुले हालै प्यालेस्टिनी टेक इकोसिस्टममा १० मिलियन लगानी डलर गरेको अनुमान छ। 

सन् २०१७ मा सेल्सफोर्सका संस्थापक तथा सीईओ मार्क बेनिओफले गाजामा निर्माण हुने पहिलो कोडिङ एकेडेमीलाई समर्थन गरेका थिए। अल्फाबेट समर्थित पहलो ‘गाजा स्काई गिक्स’ले प्यालेस्टाइनमा गाजा जनसंख्यालाई प्रि–सिड इन्भेस्मेन्ट, ट्रेनिङ र टेक्नोलोजी रिसोर्स प्रदान गर्दछ।

सन् २०२२ मा वेस्ट बैंक र गाजाभर ५ हजार कोडर र डेभलपर्सले ग्रेजुएट गरेका थिए। प्यालेस्टिनी भीसी फन्डमध्ये एक इब्तिकारले हालै ३० मिलियन डलरको आफ्नो दोस्रो फन्ड जुटाएको थियो। प्यालेस्टाइनबाट उदाउने हाई ग्रोथ भएका कम्पनीहरुमा मेनालिटिक्स (डेटा एनालिटिक्स, फ्ल्याटट ल्याबहरुद्वारा लगानी गरिएको), ओलिभेरी (लास्ट माइल लजिस्टिक, फ्ल्याटट ल्याब र इब्तिकार फन्डद्वारा लगानी गरिएको), कोरेटावा (कर्मचारी र ग्राहक वफादारी) र सेलेन्भो (एक अमेजन पूर्ति साझेदार) समावेश छन्।

वाई कम्बिनेटर र अन्यको सहयोगमा सञ्चालित सामाजिक प्रभाव स्टार्टअप मनाराकी सहसंस्थापक र सीईओ इलियाना मोन्टौकले गाजामा यसअघि पनि धेरैपटक बम विस्फोट भएको तर यो समय प्राविधिक क्षेत्रका लागि विभिन्न कारणले फरक रहेको बताइन्। ‘पूरै गाजा क्षेत्रमा बिजुली काटिएको छ’, उनले भनिन्, ‘थुप्रै पूर्वाधारमा ध्वस्त भएका छन्। अहिले गाजामा प्राविधिक क्षेत्र पूर्ण रूपमा कार्य गर्न असमर्थ छ।’

मनारासँग गाजामा करिब १०० सफ्टवेयर इन्जिनियर छन्। जसमध्ये केहीले अमेरिका र युरोपको सिलिकन भ्यालीका टेक कम्पनीहरुका लागि टाढैबाट काम गर्छन्। अधिकांश मानिसले सेल फोन जडान र इन्टरनेट पहुँच पूर्ण रुपमा गुमाइसकेका छन्। 

एआई उपकरणहरुद्वारा सञ्चालित अरब स्टक इमेज प्लेटफर्म द मिडल फ्रेमका संस्थापक मोहम्मद अलनोबानीले आफ्नो कामलाई पछ्याउन सक्दो प्रयास गर्दा परिस्थितिसँग जुध्न दैनिक चुनौती भएको बताए। –एजेन्सी