काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट तहसनहस बनेको इटलीमा १५० बढी चिकित्सकहरुको मृत्यु भएको छ । 

कोरोना भाइरस संक्रमितहरुको उपचारमा खटिएका १५० बढी चिकित्सकको मृत्यु भएको सिएनएनले जनाएको छ । 

इटलीको एशोसिएसन अफ डक्टर्सले शुक्रबार यस्तो आँकडा सार्वजनिक गरेको हो । 

सो संगठनका अनुसार इटलीका स्वास्थ्यकर्मीमध्ये १० प्रतिशतलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । 

इटलीका अन्य केही स्वास्थ्यसँग सम्बन्धित संगठनहरुले भने त्यहाँको सरकारले स्वास्थ्य क्षेत्रको सुदृढीकरण र राहातका लागि चित्तबुझ्दो काम नगरेको भन्दै रोष प्रकट गरेका छन् । 

इटली सरकारले शुक्रबार मात्रै २७ बिलियन डलर बराबरको स्वास्थ्यकर्मीको हित, क्षतिपूर्ति र राहातका लागि विशेष प्याकेज घोषणा गरेको थियो । यसलाई त्यहाँको स्वास्थ्यकर्मी र उनीहरुका संगठनले निराशाजनक भनेका छन् ।