बिमान क्र्यास भएको क्षेत्रमा भएको आगलागी निभाउन जाँदै गरेको दमकल ।
इथोपिया । इथोपियन एयरलाइन्सको जेट बिमान क्र्यासमा सबै यात्रुको मृत्यु भएको छ ।
बीबीसीले एयरलाइन्सस्थित विश्वस्त स्रोतलाई उद्धृत गर्दै जनाए अनुसार बिमानमा रहेका १४९ यात्रु र चालक दलका ८ सदस्यसहित कुल १५७ जनाको बिमा दुर्घटनामा मृत्यु भएको हो ।
इटी ३०२ नम्बरको यो जेट बिमान आडिस अबाबाबाट केन्याको नैरोबी जाँदै थियो ।
एयरलाइन्सका अनुसार विभिन्न ३३ देशका नागरिकले सो विमानबाट यात्रा गरिरहेका थिए ।
स्थानीय समयअनुसार आइतबार बिहान ८.४४ मा बिमान क्र्यास भएको थियो । इथोपियन राजधानीबाट बिमान उडेको ६ मिनेटमै क्र्यास भएको समाचारमा जनाइएको छ ।
दुर्घटना के कारणले भएको हो भन्ने बिषय अझै प्रष्ट भइसकेको छैन ।
इथोपियाका प्रधानमन्त्री अबी अहमतको अफिसियल ट्वीटरमा सो जेट बिमानमा यात्रा गरिरहेकाहरुप्रति श्रद्धाञ्जलीसँगै दिवंगतहरुको परिवारमा समवेदना प्रकट गरिएपछि मात्र बिमानमा यात्रारत सबैको निधन भएको आधिकारिक पुष्टि भएको थियो ।
यसअघि भने एयरलाइन्सले जेट बिमान वेपत्ता भएको भन्दै खोजी तथा उद्धार कार्य जारी राखिएको बताएको थियो ।
बिमान इथोपियाको राजधानीबाट ६० किलोमिटरमा अवस्थित विशोफ्टू भन्ने ठाउँमा गएर क्र्यास भएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago