पेरिस (रासस/एपी) । इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा वेपत्ता भएको उहाँको श्रीमतीले जानकारी दिनुभएको छ ।
अध्यक्ष मेङ होङवेइकी श्रीमतीले आफ्ना ६४ बर्षिय श्रीमान सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक कार्यालयले शुक्रबार जनाएको छ ।
उहाँले सेप्टेम्बरको अन्तिम दिनदेखि आफ्ना श्रीमान्का बारेमा थप केही थाहा नपाएको जानकारी दिनुभयो ।
फ्रान्सको लियोनबाट चीन प्रस्थान गर्नुभएका मेङ चीन पुगेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।
दुवै पक्षका अधिकारीहरूले उहाँको खोजी र थप अनुसन्धान भइरहेको पनि बताएको समाचारमा जनाइएको छ ।
इन्टरपोलले पनि आफ्ना अध्यक्ष वेपत्ता भएको बारेमा विज्ञप्ती प्रकाशित गरी सरोकारवालाहरूलाई जानकारी गराएको छ ।
“फ्रान्स र चीनका सरोकारवाला अधिकारीहरूको हामी ध्यानाकर्षण गराउन चाहन्छौ,” विज्ञप्तिमा भनिएको छ ।
अन्तर्राष्ट्रिय प्रहरी निकायको रुपमा रहेको इन्टरपोलले आफ्नो संयन्त्रलाई पनि उहाँको खोजीका लागि परिचलन गर्ने भएको छ ।
मेङ गत सन् २०१६ को नोभेम्बरमा इनटरपोलको अध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँको कार्यकाल आउँदो सन् २०२० सम्म रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19