global ime bank
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ ।
ग्लोबल आइएमई बैंक कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक हो ।
विगतका बर्षमा जस्तै यस वर्ष पनि बैंकले बुधबार(आज)देखि १० दिनसम्म (२०७३/१२/०९ देखि २०७३/१२/१८) सञ्चालन हुने ८ औं इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ९४ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको हो।
अघिल्ला वर्षहरुमा देशका विभिन्न स्थानहरुमा छुट्टै काउण्टर स्थापना गरेर संकलन गर्दै आईएको परीक्षा शुल्क यस वर्ष भने ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
नेपाल सरकार श्रम मन्त्रालय बैदेशिक रोजगार विभागसँगको सहकार्यमा सुरुवातदेखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकका देशभर रहेका ९४ वटा शाखाहरु मार्फत परीक्षा शुल्क संकलन गरिएको कारण यस वर्ष सेवाग्राहीहरुले लामो लाईनमा बस्नुपर्ने समस्याबाट छुटकारा पाएका बैंकले दाबी गरेको छ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago