काठमाण्डौ । प्रभू बैंक लिमीटेडले ललितपुरको इमाडोलमा शाखा कार्यालय खोली कारोबार थालेको छ । 

शुक्रबार(असार ६ गते) एक समारोहका बीच ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडानम्बर १ स्थित इमाडोलमा स्थापित शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका हुन् । 

यो कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यापारी, व्यवसायी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको निकै ठूलो सहभागिता रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि मेयर श्रेष्ठले प्रभू बैंकले देशका विभिन्न ठाउँ पुगेर सवो दिएकोमा खुशी प्रकट गर्दै यो अभियानलाई निरन्तरता दिन आग्रह गरेका थिए । 

इमाडोल शाखा समेत गरी प्रभू बैंकको शाखा संख्या १८५ पुगेको छ । यो बैंकले देशका १४६ वटा स्थानमा एटीएम लगाइसकेको छ भने २३ वटा एक्सटेन्सन काउण्टरबाट ग्राहकलाई सेवा दिंदै आएको छ ।