काठमाण्डौ । इरानी मुुद्रा रियाल गैरआधिकारिक बजारमा अमेरिकी मुुद्रा डलरको तुुलनामा भयावह तरिकाले गिरावट हुुने क्रम जारी नै रहेको छ । यो क्रमले शनिबार यसअघिको सम्पूर्ण रेकर्ड तोडेको छ । 

अमेरिकी प्रतिबन्ध र कोरोना महामारीका कारण यो वर्ष इरानी मुुद्रा रियालमा लगभग ५० प्रतिशतको गिरावट आइसकेको छ । विदेशी विनियम साइट बोनबास्ट डट कमका अनुसार गत शुुक्रबार एक डलरको मूल्य २ लाख ४२ हजार ५ सय रियाल थियो । जुुन शनिबार बढेर २ लाख ५५ हजार ३ सय पुुगेको छ । 

इरानको आर्थिक पत्रिका ‘दुुनियाँ ए एक्तेसाद’का अनुसार शुक्रबार एक डलरको मूल्य इरानको गैरआधिकारिक बजारमा २ लाख ५२ हजार ३ सय रियाल थियो भने शनिबार बढेर २ लाख ४१ हजार ३ सय रियाल पुुगेको छ । 

तेलको मूल्यमा आएको निरन्तरको गिरावट र विश्व अर्थतन्त्रमा देखिएको मन्दीका कारण इरानको वर्तमान आर्थिक अवस्था नराम्ररी प्रभावित बनेको छ । मध्यपूर्वमा कोरोनाको प्रभाव सबैभन्दा धेरै इरानमा देखिएको छ । यहाँ यस क्षेत्रको सबैभन्दा धेरै कोरोना संक्रमित रहेका छन् र मध्यपूर्वका अन्य देशहरुको तुुलनामा कोरोनाबाट सबैभन्दा धेरै मृत्युु समेत देखिएको छ । 

इरानलाई डलरको आवश्यकता मुुख्य रुपमा औषधिहरुको आयातका लागि पर्ने गर्दछ । इरानको आधिकारिक बजारमा समेत एक डलरको मूल्य ४२ हजार रियाल रहेको छ । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणुु सम्झौता अन्त्य गर्दै पुनः नयाँ प्रतिबन्धहरु लगाएका थिए । इरानी मुद्रा अमेरिकी डलरको तुुलनामा ज्यादै कमजोर बनेपछि इरानका राष्ट्रपति हसन रुहानीले यसको मुुख्य जिम्मेवार निर्यातकर्ताहरु भएको बताउँदै आएका छन् । 
-एजेन्सी