गत बुधवार इरानमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा १७६ जनाको मृत्यु भयो। अमेरिका र इरानको तनाव चुलिएका बेला भएको उक्त घटनाले पूरा विश्व स्तब्ध भयो।
पछि इरानी क्षेप्यास्त्रले युक्रेनी विमानलाई प्रहार गरेको प्रमाण भेटिएको पश्चिमा देशहरूले दाबी गरे। तर इरानले त्यसको खण्डन गर्यो।
आफ्नो सेनाको आन्तरिक अनुसन्धानमा "मानवीय त्रुटिका कारण" विमानमा क्षेप्यास्त्र प्रहार भएको इरानले शनिवार स्वीकार गरेको छ।
इरानी अधिकारीहरूले घटनाबारे विस्तृत अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने बताएका छन्।
तेहरानको आकाशमा उक्त विमानमा क्षेप्यास्त्रले प्रहार गरे जस्तो र त्यसपछि विस्फोटन भएको देखिने दृश्य हेर्नुहोस् यो भिडिओमा।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19