काठमाण्डौ । एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटल लिमीटेडद्वारा प्रवद्र्धित दुवै म्युचुुअल फण्डको प्रति इकाई खूद मूल्य बढेको छ ।  

असार मसान्तको तुलनामा साउन मसान्तको प्रति इकाई खूद मूल्य(न्याभ) बढेको हो । 

पाँचवर्षे बन्दमुखी स्कीम एनएमबी सुुलभ इन्भेष्टमेन्ट फण्ड-१ को प्रति इकाई खूद मूल्य साउन मसान्तसम्म बढेर १७.०६ रुपैयाँ पुुगेको हो । असार मसान्तसम्म यस्तो मूल्य १६.६४ रुपैयाँ कायम थियो । 

साउन मसान्तसम्म यो स्किमले सूचिकृत सेयरमा ७१ करोड ९२ लाख, ऋणपत्र तथा बण्डमा १ करोड ४० लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा ३ करोड ३२ लाख तथा स्थिर आय उपकरणमा १२ करोड ५० लाख लगानी गरेको छ । 

असार मसान्तसम्म ४ करोड ७५ लाख खर्चमा रहेको यो स्किम साउन मसान्तसम्म ३ करोड १३ लाख आम्दानी गर्न सफल भएको छ । यो कम्पनीको प्राप्त नभइसकेको आम्दानी ३ करोड ३८ लाख रुपैयाँ रहेको छ । 

सेयर संख्याको हिसाबले सबैभन्दा धेरै माछापुच्छे बैंकको ४१ ह्जार ४ सय ३१ कित्ता खरीद गरेको छ । रकमको हिसाबले सबैभन्दा ठूलो लगानी नबील बैंकमा २ करोड ९४ लाख रहेको छ । 

एनएमबी क्यापिटलको ७ वर्षे बन्दमुखी स्कीम एनएमबी हाइब्रीड फण्ड एल-१ को प्रति इकाई खूद सम्पत्ति मूल्य पनि केही बढेको छ । असार मसान्तसम्म १०.५० रुपैयाँ रहेको मूल्य बढेर साउन मसान्तसम्म १०.६२ रुपैयाँ पुुगेको छ । 

साउन मसान्तसम्म यो स्किमले सूचिकृत सेयरमा ३० करोड ६३ लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनसमा ६४ लाख र स्थिर आय उपकरणमा ५४ करोड लगानी गरेको छ । 

असार मसान्तमा यो स्किमको अआय ४ करोड ९९ लाख रहेकोमा साउनमा यस्तो आय १ करोड १९ लाखमा सीमित छ । यो स्किमको प्राप्त नभइसकेको आय १ करोड ३४ लाख रहेको छ । 

सेयर संख्याको हिसाबले सबैभन्दा धेरै कित्ता नेपाल दूरसंचार कम्पनी लिमीटेडको ४४ हजार ८ सय ५ कित्ता खरीद गरेको छ । रकमको हिसाबले सबैभन्दा बढी ३ करोड १४ लाख समेत यसमै लगानी छ । त्यसपछि यो स्किमले नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडको ३२ हजार १ सय ६८ कित्ता संस्थापक सेयर खरीद गरेको छ, जसमा २ करोड १५ लाख खर्च भएको छ ।