काठमाण्डौ । ओपेक र यसका साझेदारहरुबीच विश्व तेल बजारमा सन्तुुलन ल्याउने प्रयास स्वरुप ऐतिहासिक रुपमा तेल कटौति गर्ने पूर्व निर्णयलाई फेरि एक महिनासम्म लम्ब्याउने सहमति बनेको छ । 

गुुप्रको भिडियो कन्फेरेन्स बैठकका दौरान यस्तो सहमति बनेको सिएनबिसीले जनाएको छ । 

“आज हामी भविष्य प्रति केहि सकारात्मक बनेका छौ तर हामी समस्याबाट अझै बाहिर निस्कन सकेका छैनौ र अगाडि धेरै चुुनौतिहरु बाकि नै देखिन्छन् ।” साउदि अरेबियाका उर्जा मन्त्रि राजकुुमार अब्दुुल अजिज बिन सलमानलाई उद्धृत गर्दै समाचारमा भनिएको छ। 

यसका साथै उनले ओपेक र यसका साझेदारहरुको समुुहलाई एकताको सुुत्रमा बाधिन र एक ठोस निर्णयमा सहमत हुुन आग्रह समेत गरेका छन् ।

“हामी एकसाथ भयौ भने मजबुुत बन्नुुका साथै तेल बजारमा पुुन स्थायित्व कायम गर्न सक्नेछौ र विश्व अर्थतन्त्रलाई पूननिमार्ण गर्न सहयोग प्रदान गर्नेछौ ।” उनले भने । 

मे महिनाको सुुरुवाततिर ओपेक र यसका साझेदारहरुले प्रति दिन ९.७ मिलियन ब्यारल तेल उत्पादन कटौति गरेका थिए । सुुरुवातमा यो कटौति जुुलाई १ बाट सुुचारु गर्ने जनाइएको थियो । अब जुुलाईको कटौति प्रति दिन ९.६ बिलियन ब्यारल हुुनेछ । यसमा मेक्सीकोले पनि पूर्ववत सम्झौता बमोजिम प्रति दिन १ लाख ब्यारल कटौति गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ । 

तेल उत्पादनमा कटौति गर्ने निर्णयमा प्रत्येक महिना समिक्षा गरिनेछ र अब अर्काे बैठक जुुन १८ मा बस्नेछ । तेल उत्पादनमा कटौति गर्ने निर्णय भए पनि ओपेक प्लसका देशहरुको मुुख्य समस्या सम्झौता बमोजिम तेल उत्पादनमा कटौति गर्न नसक्नुु रहेको छ । 

शनिबार बसेको बैठकले यो विषयलाई मुुख्य रुपमा उठाएको थियो । सम्झौता बमोजिम मे र जुुन महिनामा उत्पादनमा कटौति गर्न नसक्ने राष्ट्रहरुले जुुलाई, अगस्ट र सेप्टेम्बर महिनामा अतिरिक्त कटौति गर्नुुपर्नेछ । “विश्व तेल बजारमा स्थायित्व चाहने हो र एकताप्रति पुुनः आत्मविश्वास पुनस्र्थापना गर्ने हो भने तेल उत्पादनको कटौतिलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुु पर्दछ ।” साउदि राजकुुमार अब्दुुल अजिज बिन सलमानले भने । 

यो बैठकपूर्व तेल बजारमा केही आशाको किरण देखिएको थियो । गत शुुक्रबार वेष्ट टेक्सस इन्टरमिडियटमा ५.७२ प्रतिशतको उछाल देखिएको थियो । यो उछालसँगै प्रति ब्यारेल तेलको मूल्य ३९.५५ डलर कायम भएको थियो । 

त्यस्तै अन्तराष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूूडको मूल्यमा पनि ५.७८ प्रतिशतको वृद्धिसंगै प्रतिब्यारेल तेलको मूल्य ४२.३० डलर कायम भएको थियो । 

कोरोना महामारीका कारण विश्व तेल बजारको मागमा व्यापक कमी आएपछि तेल उत्पादनमा ऐतिहासिक कटौति भएको थियो । अन्तर्राष्ट्रिय उर्जा एजेन्सीका अनुुसार अप्रिल महिनामा तेलको मागमा एक चौथाई कमी आएको थियो । तेलको मागमा व्यापक कमी देखिँदा पनि तेल उत्पादनमा कटौतिको साटो झन वृद्धि देखिएको थियो,जसले गर्दा तेलको मूल्यमा ऐतिहासिक गिरावट आएको हो ।