काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ। 

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको नाफा गत वर्षको यही अवधिको तुलनामा ५२.९१ प्रतिशतले बढेर ४ करोड ७२ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन घाटा ५० करोड बढी देखिएको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड ७४ लाख रुपैयाँ थियो।

दोस्रो त्रैमासमा संस्थाले खुद ब्याज आम्दानीबापत १० करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यस्तो आम्दानी ६ करोड ५८ लाख रुपैयाँमा सीमित थियो।

संस्थाले १ अर्ब ९९ करोड रुपैयाँ सापटी लिई २ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष संस्थाले १ अर्ब ७ करोड रुपैयाँ सापटी लिई १ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको रिजर्भको आकार ५०.२८ प्रतिशतले बढेर १२ करोड ४१ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ८ करोड २६ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १४ करोड ९५ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ६३.१८ रुपैयाँ रहेको छ। पीई रेसियो २२.६२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८३.०३ रुपैयाँ रहेको छ।