काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ९ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।  

आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १९२.८८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ३ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २००.५४ प्रतिशतले बढेर १३ करोड ६९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४ करोड ५५ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २४ करोड ५६ लाख रुपैयाँ भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ३९.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी १७ करोड ६२ लाख रुपैयाँ रहेको थियो।

यस अवधिमा संस्थाले २ अर्ब २० करोड रुपैयाँ सापटी लिई २ अर्ब ९६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले १ अर्ब ७३ करोड रुपैयाँ सापटी लिई २ अर्ब २८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार पनि १३७.६५ बढेर १२ करोड ३९ लाख उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५ करोड २१ लाख रुपैयाँ रहेको थियो। 

चुक्तापुँजी १७ करोड ६१ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ५३.९२ रुपैयाँ रहेको छ। पीई रेसियो ४१.६२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७०.३८ रुपैयाँ रहेको छ।