काठमाण्डौ  । भैरहवामा मुख्य कार्यालय रहेको उन्नति माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रेमबहादुर पाठक फोकस नेपालको ‘विशेष सेवा सम्मान–२०७४’ बाट सम्मानित भएका छन् । 

उनलाई फोकस नेपालले उत्कृष्ट कार्य सम्पादनको आधारमा बैंकर्सलाई दिइने विशेष सम्मान प्रदान गरेको हो ।

पाठकले लघुवित्त व्यवस्थापन तथा विभिन्न आर्थिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको फोकस नेपालले प्रष्टाएको छ । 

१० जिल्ला कार्य क्षेत्र रहेको उन्नति माइक्रोफाइनान्सको चुक्तापुँजी तीन करोड ८५ लाख रुपैयाँ रहेको छ । संस्थाले चालुु आर्थिक बर्षको पहिलो त्रैमासमा ४५ लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा ४२ लाख २५ हजार रुपैयाँ  थियो । 

यो अवधिमा माइक्रोफाइनान्सले १९ करोड १२ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६७ करोड ४० लाख एक हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।