काठमाण्डौ । विश्वकै ठूलो तेल कम्पनी साउद अरबस्थित आरामकोको मूल्य सेयरबजारमा १.६ देखि १.७ लाख करोड अमेरिकी डलरबीच रहेको अनुमान गरिएको छ ।

सन् २०१६ मा साउदी अरब राजकुमार मोहम्मद बिन सलमानले कम्पनीको मूल्यांकन २ लाख करोड डलर रहेको अनुमान गरेका थिए । यो मूल्यांकनपछि कम्पनीले आफ्नो १.५ प्रतिशत सेयर सेयबजारमा लगाएको थियो ।

साउदी अबरको यो कम्पनीको कमाइ लामो समयदेखि रहस्य बनिरहेको थियो। त्यहाँको सरकारले कम्पनीको सम्पत्तिका बारेमा लुकाइरहेको थियो । तर हालै साउद सरकारले गत वर्ष यो कम्पनीले १११.१ अर्ब अमेरिकी डलर मुनाफा आर्जन गरेको बतायो । यो हालसम्मकै कुनै एउटा मात्र कम्पनीले गरेको सबैभन्दा ठूलो मुनाफा हो ।

सन् २०१८ मा एप्पल कम्पनीको मुनाफा ५९.५ अर्ब डलर थियो । योसँगै अन्य तेल कम्पनीहरु रोयल डच सेल र एक्सोन मोबिल पनि मुनाफाको हिसाबले निकै पछाडि छन् । यस्तो बेला आरामकोले आफ्नो कमाइ सार्वजनिक गरेर आफ्नो क्षमता देखाइदिएको छ ।

आरामकोले आफ्नो वित्तीय आँकडा जारी गर्नुले बन्ड बेचेर १५ अर्ब अमेरिकी डलर पुँजी जुटाउने तयारीस्वरुप रहेको अनुमान गर्न थालिएको छ । यसलाई आरामको र साउदी अबर पुँजी जुटाउनका लागि अझै आक्रामक हुन सक्ने संकेतका रुपमा पनि हेर्न थालिएको छ ।

साउदी अबर तेल र ग्यासको राजस्वमा निर्भरता कम गर्ने कोसिसमा पनि छ । आरामकोको यो पैसाले साउदी अबरको स्वामित्वमा रहेको पेट्रोकेमिकल कम्पनी खरिद गर्न मद्दत मिल्नेछ । यो पेट्रोकेमिकल कम्पनीका अध्यक्ष राजकुमार मोहम्मद बिन सलमान छन् र यो सम्झौता ६९ अर्ब डलरको भएको छ ।

समालन चाहन्छ कि साउदी अबरको अर्थव्यवस्थामा विविधता होस् र तेलमा निर्भरता कम होस् । केही समययता साउदी अरब टेक्नोलोजी कम्पनीहरुमा पनि लगानी गरिरहेको छ । यस्तै ऊबर र टेस्लामा पनि लगानी गरिरहेको छ । 
आरामकोको योजना आफ्नो सेयर बेच्ने पनि रहेको छ ता कि अझै पुँजी जुटाउन सकियास् । यद्यपि यो योजनामा गत वर्ष रोकिएको थियो ।

साउदी बेसिक इन्डस्ट्रिज र पेट्रोकेमिकल कम्पनीका सेयर बेचेर साउदी अबरले फन्ड जुटाउने वैकल्पिक मार्ग तयार गरिरहेको छ ।

त्यसो त आरामको आफैँ एउटा ठूलो ऊर्जा उत्पादक बन्न चाहन्छ र र यस्तो यदि सरकारले केही सेयर बेच्ने फैसला गर्छ भने त्यो आरामको हकमा जानेछ । आरामकोका प्रमुख कार्यकारी अमिन नासिरले कम्पनी ग्यास सेक्टरमा अधिग्रहण गर्न चाहेको छ ता कि तेलमा जस्तै ग्यासमा कम्पनी विश्वमा बादशाह बन्न सकोस् ।

आरामकोको यत्रो कमाइले यो स्पष्ट हुन्छ कि यसको भविष्य तेलको मूल्यमा आउने उछाल र गिरावटमा निर्भर छ । सन् २०१६ मा अन्तर्राष्ट्रियस्तरमा जब तेलको मूल्य कम थियो तब आरामकाको कमाइ केबल १३ अर्ब डलर थियो ।

सन् २०१८ मा आरामकोले साउद सरकारलाई १६० अर्ब डलर दिएको थियो । आरामको कमाइ तेलको धेरै उत्पादनले भएको हो । योसँग विश्वमै ठूला तेल क्षेत्र छन् जुन थोरै मूल्यमा उसले लिएको थियो ।

आरामकोको यो वित्तीय सूचना आएपछि साउदी अरबको ठूलो तेल क्षेत्रका बारेमा पनि जानकारी बाहिर आएको छ। साउदीअबरको पूर्वी क्षेत्र घवार सबैभन्दा ठूलो तेल क्षेत्र हो । त्यहाँ १९३ किलोमिटरको तेलीय क्षेत्र छ । घवारमा साउदी अबरको कुल तेल भण्डार आधार हिस्सा छ । अहिले पनि त्यहाँ ४८ अर्ब ब्यारेल तेल छ ।

आरामको तेल कम्पनीको पाँच प्रतिशत सेयर बेच्ने योजनामा थियो । यसलाई अहिलेसम्मकै सबैभन्दा ठुलो आईपीओ पनि भनिएको थियो ।

आरामकोको आईपीओ राजकुमार सलमानको भिजन २०३० त्यो योजनाको हिस्सा हो, जुन योजनाबाट साउदी अबर तेलमा रहेको निर्भरताबाट अर्थव्यवस्थालाई बाहिर निकाल्न चाहन्छ । साउदीमा आरामको शाही परिवारका लागि एउटा तेल कम्पनीभन्दा बढी अर्थ राख्छ ।

यो कम्पनीको स्थापना अमेरिकी तेल कम्पनीले गरेको थियो । आरामको अर्थात् अरब अमेरिकन ओइल कम्पनीलाई साउदीले सन् १९७० को दशकमा राष्ट्रियकरण गरेको थियो ।

यदि आरामको सेयर बजारमा लिस्टिङको नियम पालना गर्छ भने उसले आफ्नो तेल भण्डारका बारेमा पनि साझा रुपमा जानकारी गराउनुपर्छ । यद्यपि आरामको सेयर बजारमा आएपछि पनि धेरै पारदर्शी हुनेमा आशंका रहेको आर्थिक विश्लेषकहरु बताउँछन् । – एजेन्सी