 
                     
                                
                             
                                    काठमाण्डौ । इलेक्ट्रिक गाडी बनाउने कम्पनी टेस्लाको सेयरमा शानदार उछाल आइरहेको छ। यो कम्पनीको सेयरमा मंगलबारमात्रै ६.४३ प्रतिशतले बढेर प्रतिकित्ता ५५५.३८ डलर पुगेको छ।
यो कम्पनीको सेयरले लगानीकर्ताहरुलाई सन् २०२० मा मात्रै हालसम्म ५५० प्रतिशत रिटर्न दिएको छ। शानदार उछालसँगै कम्पनीको बजार पुँजीकरण पहिलोपटक ५०० बिलियन डलर बढी भएको छ।
ब्लुमबर्गका अनुसार गत साताबाट टेस्लाको सेयरमूल्यमा उछाल आउन थालेको हो। किनकि गत साताको सोमबार एस एन्ड पी डाउ जोन्स इन्डेक्सले आउने दिनमा टेस्लालाई यो इन्डेक्समा समावेश गर्ने जानकारी गराएको थियो।
टेस्लाको सेयर डाउ जोन्स इन्डेक्समा आउँदो २१ डिसेम्बरसम्म समावेश हुने सम्भावना रहेको बतायएको छ।
टेस्लाको सेयरमूल्यमा आइरहेको उछालले कम्पनीका को–फाउन्डर एलन मस्कको नेटवर्थ सन् २०२० मा अहिलेसम्म १०८ बिलियन डलरले बढेको छ। कुनै पनि धनाढ्यको नेटवर्थमा यस्तो बढोत्तरी हालसम्मकै उच्च पनि हो। योसँगै मस्कको नेटवर्थ १३६ बिलियन डलर पुगेको छ।
धनाढ्यको सूचीमा मस्कले बिल गेट्सलाई पछि पार्दै दोस्रोमा पुगेका छन्। बिल गेट्सको नेटवर्थ १२९ बिलियन डलर छ। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19