 
                     
                                
                             
                                    काठमाण्डौ । ज्यासन डीबोल्ट अमेरिका लस एन्जल्समा इन्जिनियर छन्। उनले पहिलोपटक विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाको सेयरमा लगानी गरे। उनले २ हजार ५०० कित्ता सेयर १९ हजार डलरमा किने।
यो कुरा हो सन् २०१३ को। अहिले ज्यासनसँग यो कम्पनीको १५ हजार कित्ता सेयर छ। जसको मूल्य अहिले करिब १ करोड डलर हुन आउँछ। यो वर्षमात्रै यो कम्पनीको सेयरमूल्यमा ७०० प्रतिशतको उछाल आउँछ ज्यासनको पोर्टफोलियो करोडमा पुगेको हो।
ज्यासन त उदाहरण पात्रमात्र हुन्। उनीजस्ता सयौँ लगानीकर्ताहरुलाई यो वर्ष कम्पनीको सेयरले करोडपति बनाइदिएको छ। यस्ता लगानीकर्ताहरु आफूहरुलाई करोडपति वा अर्बपति होइन बरु टेस्लानियर नै भन्न पनि सुरु गरेका छन्।
यो वर्ष टेस्लाको सेयरमूल्यमा आएको उछालका कारण यो विश्वकै मूल्यवान कार निर्माता कम्पनी पनि बनेको छ। गत डिसेम्बरमा टेस्ला एस एन्ड पी–५०० को हिस्सा बनेको थियो। जुन अहिले अमेरिकाकै सबैभन्दा ठूलो स्टक इन्डेक्स बनेको छ।
एप्पल, माइक्रोसफ्ट र फेसबुकजस्ता कम्पनी पनि एस एन्डपी–५०० को हिस्सात बनेका छन्। टेस्लाको सेयरमूल्यमा गत डिसेम्बरमा निकै उछाल आयो अनि यो यस इन्डेक्सको टप १० कम्पनीमा सूचीकृत भयो।
टेस्लामा लगानी गरेको ग्रेनाइट सेयर्स कम्पनीका प्रमुख कार्यकारी विल राइन्डका अनुसार ज–जसले यो वर्षको सुरुआतमै यो कम्पनीको सेयरमा लगानी गरे उनीहरुलाई निकै फाइदा भयो। ‘केही लगानीकर्ता त एकै वर्षमा करोडपति पनि बने’, राइन्ड भन्छन्।
अहिले टेस्लाको सेयरमूलय जनरल मोटर्स, फोर्ड, फिएट क्राइस्लर अटोमोबाइल्स र टोयाटाको संयुक्त मूल्यभन्दा पनि बढी हुन पुगेको छ। अन्य कार निर्माता कम्पनीहरुले टेस्लाको तुलनामा निकै कम कार उत्पादन गर्छन्।
टेस्लाको सेयरमूल्यमा उछाल आउनुको एउटा मुख्य कारण चीनमा यो कम्पनीको कारको माग बढ्नु पनि हो। विश्वस्तरमा इलेक्ट्रिक कारतर्फ बढ्दो आकर्षणलाई टेस्लाजस्ता कम्पनीहरुलाई एउटा अहम स्थितिमा खडा गरेको छ।
त्यसो सन् २०१० मा टेस्लाको प्रतिसेयर मात्र १७ डलरमा बजार प्रवेश गरेको थियो। गत साता यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६५० डलरभन्दा बढी भइसकेको छ। विश्लेषकहरुले यो कम्पनीको सेयरमा आएको अनपेक्षित उछालले कुनै दुर्घटना त निम्याउने होइन भन्दै आशंका गर्न थालेका छन्। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19