काठमाण्डौ । एउटा पत्रको राज खुल्दा भारतको टेलिकम सेवा कम्पनी भोडाफोन आइडिया लिमिटेड (भीआईएल) का सेयरधनीहरुको सम्पत्ति एकैदिन भारु २७०० करोड (नेरु ४३२० करोड) घटेको छ। 

अंग्रेजी पत्रिका द टेलिग्राफका अनुसार कम्पनील अध्यक्ष कुमार मंगलम बिडलाले गत जुनमा क्याबिनेट सेक्रेटरी राजीव गौबालाई एउटा पत्र पठाएका थिए। जुन पत्र सार्वजनिक भएपछि यो कम्पनीको बजार पुँजीकरणमा एकैदिन यति धेरै गिरावट आएको हो। 

पत्रमा बिडलाले कर्जाले डुबेको कम्पनीको २७.६६ प्रतिशत हिस्सा सरकारलाई बेच्ने प्रस्ताव गरेका थिए। ता कि कम्पनी चलिरहोस्। 

पत्रमा भीआईएलको आर्थिक स्थिति निकै नाजुक रहेको जानकारी गराइएको छ। यसका बाबजुद सेवा प्रवाहमा सुधारका लागि हरसम्भ प्रयास गरिरहेको पत्रमा उल्लेख गरिएको छ। भीआईएल चलाइराख्न र सरकारको बक्यौता राजस्व तिर्न भारु २५ हजार करोड आवश्यक रहेको पनि पत्रमा जानकारी गराइएको छ।

पत्रमा लेखिएका यी कुरा बाहिर आएपछि मंगलबार यो कम्पनीको सेयरमा १० प्रतिशतभन्दा बढीको गिरावट आएको छ। जसका कारण यो कम्पनीको सेयरमूल्य घटेर ५२ साताअघिको स्तरमा पुगेको छ।

भीआईएलले सरकारलाई भारु ५० हजार ३९९ करोड राजस्व तिर्न बाँकी छ। – बीबीसीबाट