काठमाण्डौ । कुनै पनि बिजनेसका लागि पैसा निकै अहम् हुन्छ। यो सबैलाई थाहा पनि छ। अधिकांश स्टार्टअप आफ्नो बिजनेसका लागि पैसा जुटाउँछन्। तर, सबैभन्दा ठूलो समस्या त्यो पैसाको व्यवस्थापन गर्न निम्तिन सक्छ। पैसा कहाँबाट ल्याउने र कसरी खर्च गर्ने ? भन्ने योजना नहुँदा समस्या हुन सक्छ। 

यसका लागि बिजनेस प्लान तयार गर्नुपर्छ। यदि पैसाको व्यवस्थापनमा सानो गल्ती भएमा आफूले सुरु गर्न लागेको स्टार्टअपमा गडबडी हुन सक्छ। यसले स्टार्टअपको भविष्य नै खतरामा पर्न सक्छ। 

फोर्ब्सको एउटा रिपोर्टअनुसार ८२ प्रतिशत बिजनेस क्यास फ्लोको खराब व्यवस्थापनका कारण असफल भएका छन्। 

के हो क्यास फ्लो ? 

कुनै पनि बिजनेसमा कति पैसा आउँछ र कति बाहिरिन्छ भन्ने कुरालाई क्लास फ्लो भनिन्छ। यदि बिजनेसमा बढी पैसा भित्रिन्छ र कम पैसा बाहिरिन्छ भने क्यास फ्लो पोजिटिभ हुन्छ। तर, यदि बिजनेसमा कम पैसा भित्रिन्छ र बढी पैसा बाहिरिन्छ भने क्यास फ्लो नेगेटिभ इन्छ। 

त्यसो त क्यास फ्लो र प्रफिट अलग–अलग कुरा हो। यसलाई एउटा हो भनेर बुझ्नु गलत हुनेछ। 

स्टार्टअपका लागि क्यास फ्लो किन महत्वपूर्ण छ ? यस्ता छन् ३ कारण

सही निर्णय लिनमा गर्छ मद्दत

यदि कसैले आफ्नो बिजनेसको क्यास फ्लोका बारेमा जानकारी राख्छन् भने उनीहरु बिजनेससँग जोडिएका निर्णयहरु सही ढंगले लिन सक्छन्। यदि आफ्नो बिजनेसको खर्च र कमाइका बारेमा जानकारी छ्रैन भने उनीहरुले गलत निर्णय लिन सक्ने सम्भावना प्रबल हुन्छ। 

खर्चको सही तथ्यांक प्राप्त हुन्छ

क्यास फ्लोको स्टेटमेन्ट हेरेर तपाइँले आफ्नो बिजनेसको के–के खर्च छ भन्ने प्रस्ट थाहा पाउनुहुन्छ। तपाइँले पैसा कहाँ–कहाँ खर्च भइरहेको कुरा सहजै पत्ता लगाउन सक्नुहुन्छ। हुन सक्छ केही त्यस्ता ठाउँमा खर्च भइरहेको छ, जुन अनावश्यक छ। त्यसलाई तपाइँले कम गर्न सक्नुहुन्छ। यसरी तपाइँ आफ्नो बिजनेसको क्यास फ्लो पोजिटिभ बनाउन सक्नुहुन्छ । क्यास फ्लोमा ध्यान दिएमा बिजनेसबाट मुनाफा बढाउन सकिन्छ। 

सही समयमा बिजनेस ग्रोथ गर्न सकिन्छ

यदि तपाइँ आफ्नो बिजनेसको क्यास फ्लोबारे सही जानकारी राख्नुहुन्छ भने सजिलै बिजनेस विस्तारको सही समय पहिचान गर्न सक्नुहुन्छ। यसबाट तपाइँले लगानी बढाउने निर्णय सही समयमा लिन मद्दत पुग्नेछ। –एजेन्सीको सहयोगमा