काठमाण्डौ । एप्पल कम्पनीको मार्केट क्यापिटलाइजेसन(बजार पूँजीकरण)मा ४५० अर्ब डलरको गिरावट आएको छ । यो पहिलो अमेरिकी कम्पनी थियो, जसको यो वर्षको अगस्ट महिनामा २ लाख करोड डलरको बजार पूँजीकरण कायम भएको थियो । त्यसबेलादेखि यो कम्पनीको बजार पूँजीकरणमा १९ प्रतिशत अर्थात ४५० अर्ब डलरले गिरावट आइसकेको छ ।
शुक्रबार मात्रै यो कम्पनीको बजार पूँजीकरणमा ५.६ प्रतिशतको कमी आएको छ । यो भनेको १२० अर्ब डलरको गिरावट आएको हो ।
अब एप्पलको बजार पूँजीकरण १.८५ टिलियन डलरमा सीमित बन्न पुगेको छ । गिरावटपछि पनि यो अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी हो । तर, सेप्टेम्बरदेखि यसको बजार पूँजीकरणमा जति गिरावट आएको छ, त्यो भनेको कतिपय अमेरिकी कम्पनीको कुल बजार पूँजीकरणभन्दा पनि बढी हो ।
एप्पल कम्पनीको मूल्य अहिले थाइल्याण्डको स्टक एक्सचेञ्जको कुल बजार पूँजीकरणभन्दा पनि बढी छ । नेपालको सेयर बजारको कुल बजार पूँजीकरणभन्दा धेरै गुणा बढी छ ।
पछिल्लो समय एप्पलको आइफोनका नयाँ भेरिएन्टहरु लञ्च हुन ढिलाई हुँदा ग्राहकहरु भड्किएका छन् । यसकारण यो कम्पनीको आइफोनको बिक्रीमा विगत २ वर्षदेखि सबैभन्दा बढी गिरावट आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago