काठमाण्डौ । एकपटक निर्धारण भएको प्रिमियम कर्जा अवधिभर वृद्धि गर्न नपाइने भएको छ।
नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो व्यवस्था रहेको जानकारी गराएको हो। ‘एकपटक निर्धारण गरिएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न र प्रिमियममा सुरुआती दिनमा सहुलियत दिई पुनः वृद्धि गर्नेजस्ता योजना लागू गर्न नपाइने व्यवस्था गरिएको छ’, सूचनामा भनिएको छ।
परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आधार दरमा भएको परिवर्तनले ब्याजदरमा के–कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने भन्नेबारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रस्ट हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गरेको सूचनामा उल्लेख छ। ‘यस्तो प्रिमियम ऋणीको जोखिम मूल्यांकन गरी तय गर्नुपर्दछ’, सूचनामा भनिएको छ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। ‘स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधारदरमा भएको परिवर्तनअनुसार थपघट हुने गर्दछ’, सूचनामा भनिएको छ।
परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्यांकन गरी तय गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago