Aquisition
काठमाण्डौ । काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमीटेडले फेरि अर्को संस्था किन्ने भएको छ । यसअघि महाकाल विकास बैंक र पश्चिमाञ्चल फाइनान्ससँग एक्वायर सम्झौता गरेको काष्ठमण्डपले काक्रेविहार विकास बैंक लिमीटेडलाई पनि खरीद गर्ने सम्झौता गरेको हो ।
एक्वायर सम्झौताकै कारण काक्रेबिहार विकास बैंकको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जमा बुधबारदेखि निलम्बित भएको छ ।
नेपाल राष्ट्रबैंकले तोकेको पूँजी पुर्याउन काष्ठमण्डप डेभलपमेन्ट बैंकले लगातार साना संस्थाहरुलाई खरीदको सम्झौता गरिरहेको हो । राष्ट्रबैंकको नीति अनुसार विकास बैंकको चुक्तापूँजी २ अर्ब ५० करोड हुनुपर्दछ ।
काष्ठमण्डपको हालै सम्पन्न ८ औं वार्षिक साधारणसभाले ४ः१ अर्थात २५ प्रतिशत हकप्रद जारीको प्रस्तावलाई पारित गरिसकेको छ । आफ्ना सेयरधनीलाई बैंकले निकट भविष्यमै २५ प्रतिशतले हकप्रद जारी गर्न लागेको बताइएको छ । हकप्रद जारी गरेपछि काष्ठमण्डपको मात्र चुक्तापूँजी ८४ करोड ९७ लाख पुग्नेछ ।
हाल काष्ठमण्डपको चुक्तापूँजी ६७ करोड ९९ लाख रुपैयाँ रहेको छ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १९ करोड ३२ लाख खूद नाफा आर्जन गरेको छ । यो विकास बैंकको १९ शाखा र ७ एटीएम काउण्टरहरु रहेका छन् ।
यसैगरी, एक्वायरमा गएको काक्रेविहार विकास बैंकको चुक्तापूँजी ५ करोड ९१ लाख रुपैयाँ रहेको छ । यो बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २८ लाख २२ हजार खूद नाफा आर्जन गरेको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19