काठमाण्डौ । विश्वबजारमा भर्चुअल मुद्रा क्रिप्टोकरेन्सिको मूल्यले पुनः उकालो यात्रा तय गर्दै छ ।

सन् २०२२ को नोभेम्बरमा प्रतिगोटा १६ हजार ५८४ डलरमा कारोबार भएको विट्क्वाइन हाल विश्वबजारमा ३६ हजार ६६१ मा अन्तिम कारोबार भएको छ ।सन् २०२१ को नोभेम्बरमा नै ६७ हजार ६०१  डलर पुगेको यो करेन्सिको भ्यालु त्यसपछिको एक वर्षमा घटेर १६ हजार डलरसम्म आइपुगेको थियो । अंग्रेजी वर्षको सुरुवातदेखिनै विट्क्वाइनले पुनः उकालो यात्रा तय गर्दै आएको छ ।

हालको मूल्य १८ महिना यताको नै उच्च हो । हाल ३६ हजारमा कारोबार भएको यो करेन्सिले अवको  प्रतिरोध ४३ हजार आसपास लिन सक्ने पनि क्रिप्टोमार्केट्मा चर्चा चलेको छ । विश्वबजारमा क्रिप्टोकरेन्सिको बजार पूँजीकरण ७१९ अर्ब डलर पुगेको छ ।

योसँगै विश्वजारम क्रिप्टोकरेन्सिको भविश्य के होला भनेर अनेक आकलन भइरहेका छन् । यसरी विट्क्वाइनको मूल्य बढ्नुको मूख्य कारण भने अमेरिकी अर्थतन्त्र कम्जोर बन्दै जानु रहेको बताइएको छ । यसका अतिरिक्त अन्तरराष्ट्रिय जगतमा  युद्ध हुनु र त्यसयता यसको माग बढ्नु नै क्रिप्टोको मूल्य बढ्नुको एक प्रमुख कारण रहेको विश्लेषण गरिएको छ ।

यो सँगसँगै वित्तीय वर्ष सन् २०२४ क्रिप्टोकरेन्सिको वर्ष हुने पनि विश्वबाजरमा चर्चा चलिरहेको छ । प्राविधिक विश्लेषकहरुले विट्क्वाइनमा बुलिस डाइभर्जेन्स बनेको बताइ रहेकाले विट्क्वाइनको मूल्य बढेको हो । यसका साथै वित्त वर्ष २०२४ मा विट्क्वाइनको भ्यालु  बढेर १ लाख डलरसम्म पुग्ने व्यापारिक पत्रिका फोब्र्सले समाचार छापेको छ । 

अन्तरराष्ट्रिय बजारमा नै केही संस्थागत र कर्पोरेट लगानीकर्ताहरुले भने विट्क्वाइनमा लगानी गर्ने लगानीकर्ताहरु बुल ट्रयापमा पर्न सक्ने चेतावनी पनि दिएका छन्  । विश्वबजारमा नै स्ट्यान्डर्ड चार्टर्ड  बैंक समूहले विट्क्वाइनको मूल्य पुन : ५ हजार डलरसम्म आउन सक्ने पनि आकलन गरेको छ ।

किनकि विश्व भरका धेरैजसो मुलुकहरुले मौद्रिक नीतिमा कडाइ गरेकाले विट्क्वाइनको मूल्यमा तीब्र गिरावट आउने देखिन्छ । यस्तो वियरिस सेन्टिमेन्ट राख्नेमा डिजिटल एसेस्टका अध्ययनकर्ता र ग्लोबल लगानी व्यवस्थापकहरु पनि रहेका छन् ।- एजेन्सिहरुको सहयोगमा