काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकमा सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्।
बैंकको हिजो शनिबार सम्पन्न १५ औँ वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुुन्। निर्वाचित हुने सञ्चालकमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेसलराज पोखरेल छन्।
सोही सभाले बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १२.६३ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा १२ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश रहेका छन्।
बैंकले पुँजी वृद्धि चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँबराबरको हकप्रद यही असोज २५ गतेबाट निष्कासन गर्दैछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19