काठमाण्डौ । एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको सत्रौँ वार्षिक साधारणसभा (एजीएम)बाट सञ्चालक समितिका ३ सदस्य चयन भएका छन्। 

झापाको बिर्तामोर्डस्थित सिद्धार्थ होटेल ग्रान्ड सिटीमा शनिबार बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाले संस्थापक समूहका सेयरधनीमध्येबाट ३ जना सञ्चालक चयन गरेको हो। सञ्चालकमा चयन हुनेहरुमा महेन्द्रकुमार गोयल, राजन शर्मा र अमितकुमार अग्रवाल छन्। 

सभामा पूर्वसञ्चालक तथा संस्थापक सेयरधनी गणेशप्रसाद खनाललाई सम्मान गरिएको थियो। 

प्रादेशिक बैंकका रुपमा बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना कार्यालयमार्फत बैंकिङ सेवाप्रदान गरिरहेको छ। चाँडै नै उदयपुर जिल्लाको रामपुरमा शाखा खोलिने पनि बैंकले जनाएको छ। 

आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लामा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ।a