 
                     
                                
                             
                                    काठमाण्डौ । अमेरिकी कम्पनी डन्किन डोनट्स फ्रान्चाइजीको लागि एक कप कफी निकै महँगो सावित हुन पुगेको छ ।
यसका लागि कम्पनीले ३० लाख डलर तिर्नुपर्ने भएको छ । घटना विवरण अनुसार ७० वर्षिय एक वृद्ध महिलामाथि दुई वर्षअघि कफी खसेको थियो, जसका कारण उनको पेट र कम्मर नराम्ररी जलेको थियो ।
यतिखेर कम्पनीले क्षतिपूर्ति वापत उनलाई ३० लाख डलर दिने तयारी गरेको छ। नाम नखुलाइएकी ती वृद्ध महिला तातो कफीका कारण नराम्रोसँग जलेकी थिइन् ।
उनले केही महिनासम्म जर्जियास्थित अस्पतालमा उपचार गराउनुपर्यो । यो घटनापछि उनको जीवन सधैंका लागि परिवर्तन हुन पुग्यो ।अहिले उनलाई हिंडडुल गर्न समस्या छ ।
उनलाई दैनिक रुपमा औषधी र क्रिमको आवश्यकता पर्दछ । जव ती महिलाले लापरवाहीका कारण आफू पीडित भएको भन्दै कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरिन् तव कम्पनीले ३० लाख डलर भुक्तानी गर्ने सम्झौता गरेको छ।ती पीडित महिलाका वकिलका अनुसार यो घटना सन् २०२१ फेब्रुअरीको हो ।
एटलान्टास्थित गोल्डेन डोनट्स एलएलसीमा कफी पिउन छिरेकी उनको कम्मर र पेटमा वेटरको लापरवाहीका कारण तातो कफी खसेको थियो ।
उपचारको क्रममा उनको २ लाख डलर खर्च भइसकेको छ । कम्पनीका स्टाफले कफीको कपमा ढक्कन राम्ररी राखेको भए यस्तो घटना नहुने तर्क पीडित महिलाको वकिलको छ ।
‘पाठ सिक्नु पर्छ’
यो घटनापछि महिलाको जीवन पूर्णरुपमा परिवर्तन भएको वकिलको दाबी छ । ती वकिल भन्छन्, ‘उसलाई हिँड्न गाह्रो हुन्छ र दिनमा धेरै पटक घाउमा क्रिम लगाउनु पर्छ।’
तर, अदालतमा दायर गरेको निवेदनमा गोल्डेन डोनट्स एलएलसीको मूल कम्पनी डन्किनको नाम भने उल्लेख गरिएको छैन । रेष्टुरेन्टहरूले ग्राहकको सुरक्षालाई प्राथमिकता दिनुपर्ने कानूनी विज्ञहरू बताउँछन् ।
पीडित र कम्पनी बीचको यो सम्झौताले सबै रेस्टुरेन्ट र फ्रान्चाइजीहरूलाई बलियो सन्देश दिने अपेक्षा गरिएको छ। उनीहरूले आफ्ना कर्मचारीहरूका लागि उचित तालिम र उपभोक्ता सुरक्षालाई प्राथमिकता दिनुपर्ने वकिलको भनाइ छ । -एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19