rubi roman grapes
जापानमा एक अंगुरको झुप्पा ११ हजार डलर अर्थात करिब १२ लाख रुपैयाँमा बिक्री भएर नयाँ रेकर्ड कायम भएको छ ।
जापानमा फलफूल निकै महंगो पर्छ र यहाँ यस्ता महंगा फलफूल खरीद गर्नु सामाजिक प्रतिष्ठाको बिषय बन्ने गरेको छ ।
पश्चिम जापानको एक सुपरमार्केटका मालिकले ३० वटा अंगुरको गुच्छा ११ हजार डलर अर्थात करिब १२ लाख रुपैयाँमा खरीद गरेका हुन् । यो हिसाबले एउटा अंगुरको मूल्य ४० हजार रुपैयाँ पर्न आउँछ ।
यो अंगुर यो वर्षको रुबी रोमन अंगुरको पहिलो उत्पादन हो र यो जापानको इशिकावा क्षेत्रमा उत्पादन हुन्छ र निकै स्वादिष्ट हुन्छ । खरीदकर्ता टाकामारु कोनिशाले भनेका छन् कि उनी यो अंगुरलाई आफ्नो सुपरमार्केटमा स्याम्पलका लागि राख्नेछन् ।
जापानमा मानिसहरु विशेष फलका लागि विशेष रकम दिन तयार हुन्छन् । कतिपय समयमा उच्च ओहोदाका मानिसहरु उपहारको रुपमा यस्ता महंगा फलहरु खरीद गरेर आफन्तहरुलाई दिने गर्छन् ।

जापानमा एक स्याउको मूल्य ३ डलर रुपैयाँसम्म पर्नसक्छ । कतिपय समय यहाँ खरबूजा पुरानो वाइनको मूल्यमा बिक्री हुन्छ । गत वर्ष २ खरबूजा १२ हजार डलरभन्दा अधिक मूल्यमा बिक्री भएको थियो ।
अंगुर खरीदकर्ता कोनिशीले भनेका छन्–‘म यो महंगो अंगुर किनेर खुशी र गर्व महसुस गरिरहेको छु । यो वास्तवमै रुबी रत्न हो ।’
बीबीसीबाट
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19