 
                     
                                
                             
                                    – अर्जुन तिमिल्सिना
काठमाण्डौ । ‘१२ वर्षमा खोला फर्किन्छ।’ यो उखान नेपाली समाजमा निकै प्रख्यात छ। यो उखानले अनिश्चितता भंगको संकेत गर्छ।
यस्तै हुने भएको छ, राष्ट्रिय बीमा कम्पनीको पनि। राष्ट्रिय बीमा कम्पनीले करिब एक दशकपछि वार्षिक साधारणसभा आयोजना गर्ने तयारी गरिरहेको छ। धेरैलाई अपत्यारिलो पनि लाग्ला तर यो यथार्थ हो।
यसअघि कम्पनीले २०६०/६१ देखि २०६२/६३ को एकैपटक २०७४ सालामा वार्षिक साधारणसभा गरेको थियो। त्यसपछि २०६२/६३ देखि २०६७/६८ सम्मको वार्षिक साधारणसभा एकैपटक २०७५ सालमा गरेको थियो।
त्यसपछि राष्ट्रिय बीमा कम्पनीको वार्षिक साधारणसभा हुन सकेको छैन। वार्षिक साधारणसभा त टाढाको विषय त्रैमासिक वित्तीय विवरण पनि भेटिँदैन।
कम्पनीका एक अधिकारीका अनुसार यसपालि वार्षिक साधारणसभा गर्न महालेखा परीक्षकबाट २०७५/७६ सम्मको लेखापरीक्षण गर्ने काम अन्तिम चरणमा पुगेको छ। ‘दसैँ अघिसम्ममा वार्षिक साधारणसभा हुन सक्छ’, ती अधिकारीले भने, ‘लेखापरीक्षण प्रतिवेदनका आधारमा सेयरधनीहरुका लागि लाभांश घोषणा पनि हुन सक्छ।’
साधारणसभाका विषयमा बीमा समिति तथा अर्थ मन्त्रालयको पनि स्वीकृति आवश्य हुने ती अधिकारीले जानकारी दिए। ‘त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ’, ती अधिकारीले भने।
लगानीकर्ता पीबी पोखरेल भने यो कम्पनीले चरम लापरबाही गरिरहेको गुनासो गर्छन्। ‘सरकारी कम्पनीबाट पनि यस्तो आशा गर्न सकिन्छ त ?’, आक्रोशित हुँदै उनले भने, ‘वर्षौंसम्म लगानीकर्तालाई प्रतिफल दिइएको छैन, यो त साह्रै गैरजिम्मेवारीपन भयो।’
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19