काठमाण्डौ । एनआइसी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानको वर्षको रुपमा संचालन गर्ने भएको छ ।
व्यक्तिको सवल आर्थिक भविष्यका लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै वर्ष २०७६ मा 'एक नेपाली, एक डिम्याट खाता' अभियानको थालनी गरेको हो ।
एनआइसी एशिया क्यापिटलले डिम्याट खाताको पहुँच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरी “एक नेपाली, एक डिम्याट खाता“ अभियान संचालन गरिने बताएको छ।
यही अभियानअन्तर्गत २०७६ अषाढ मसान्त सम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट गरिएकोे क्यापिटलले जनाएको छ ।
सो अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुग्ने क्यापिटलको भनाई छ।
एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरिय मर्चण्ट बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै लगानी व्यवस्थापन सेवालाई आकर्षक तथा नविनतम सेवाको रुपमा स्थापना गर्ने कार्य गर्दै आइरहेको बताएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19