काठमाण्डौ। विश्वबजारमा अहिले विटक्वाइनको मूल्य उछाल आएको छ ।

विट्क्वाइन एकै वर्षमा १५० प्रतिशतसम्म बढेको छ । सोलना पनि १० गुणा बढेको छ । क्रिप्टोकै अर्को डिजिटल करेन्सि मारोथोन डिजिटलले पनि दैनिक बढेको छ । तर यतिखेर दुई ठूला क्रिप्टोका अर्बपति सीईओको पतन भएको छ ।

विश्वको सर्वाधिक ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) चाङपेङ झाओ तथा क्रिप्टो करेन्सी एफटिएक्स ट्रेडिङ लिमिटेडका सीईओ साम बैंकम्यान-फ्राइड नियामकको अनुसन्धानपछि कानूनी फन्दामा समेत परेका छन् । 

बाइनान्सका सीईओ सम्पती ४.३ बिलियन डलर थियो । साम बाङ मानको नेटवर्थ भने १५ बिलियन डलर थियो । यी दुबै विटक्वाइन विलिनियरले धेरै जसो आफ्नो समय क्रिप्टोकरेन्सिमा विताए ।

तर यी दुबै बिलेनियरमाथि अमेरिकाको एन्टी मनी लन्ड्रिङ कानून तोडेको आरोप छ ।जसका कारण  उनीहरुले स्थापना गरेको मूद्राको विश्वास पनि ह्वातै घटेको छ ।

अमेरिकाको संघीय अदालतको फैसलापछि  क्रिप्टो एक्सचेन्जले ४.३ बिलियन डलर जरिवाना पनि तिर्नुपर्ने छ।कम्पनीले अब संघीय अधिकारीहरूलाई संदिग्ध गतिविधि रिपोर्ट गर्नुपर्नेछ ।यो क्रिप्टोकरेन्सी र अन्य डिजिटल सम्पत्तिहरू किन्ने र बेच्ने संसारको सबैभन्दा ठूलो प्लेटफर्मको रूपमा चिनिन्छ।

त्यसो त कुनै समय विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज चलाउने साम बैंकम्यान-फ्राइड न्यूयोर्कमा एक महिना लामो परीक्षणको अन्त्यमा ठगी र मनी लन्ड्रिङको दोषी ठहर भए।अमेरिकी इतिहासमा सबैभन्दा ठूलो वित्तीय धोखाधडीहरू गरेको आरोप उनी माथि छ ।

उनको कम्पनी पनि टाट पल्टिएको छ ।फ्राइडको १६ बिलियन डलरको सम्पत्ति केहि दिनमा नै शून्यमा झरेको छ । कम्पनीमा बैंकम्यान फ्राइडको करिब ७० प्रतिशत सेयर थियो ।


ती अर्बपतिहरुले अबैधानिक रुपमा सम्पति हस्तान्तरण गर्न सहयोग गरेको आरोप छ । योसँगै विश्व सेयर बजारका गुरु वारेन बफेट्ले भने यस्ता करेन्सि २५ डलरमा पनि किन्न नहुने बताएका छन् । त्यसैगरि जेपी मोर्गनका सीईओ ज्यामि डीमोनले पनि क्रिप्टोकरेन्सिको विश्वस्नियता नरहेको दावी गरेका छन् ।
कसरी टाट पल्टियो ?

सामान्यतया एफटिएक्स र बाइनान्स क्रिप्टोकरेन्सी एक्सचेन्जहरु हुन् जसले ग्राहकहरुलाई डिजिटल मुद्रामा व्यापार गर्न अनुमति दिने गर्छ ।

इन्डस्ट्रि डाटा ट्रयाकर कोइन मार्केट क्यापका अनुसार यी दुई एक्सचेन्जहरुले विश्वका सबै क्रिप्टो कारोबारहरूमध्ये धेरैजसो प्रक्रिया चलाउने गर्छन् ।

एफटिएक्स एक्सचेन्जलाई स्याम बैंकम्यान फ्राइडले सञ्चालन गरेका थिए । यसको प्रमुख कार्यालय बहामासमा छ ।

उता सर्वाधिक ठूलो एक्सचेन्ज बाइनान्स चाहिं जुन अर्बपति चाङपेङ झाओले सञ्चालन गरेका थिए ।

यसको कुनै आधिकारिक मुख्यालय छैन र धेरैजसो अमेरिका बाहिर काम गर्दछ । एफटिएक्समा प्रारम्भिक लगानीकर्ताको रुपमा बाइनान्स पनि थियो ।-एजेन्सीहरु