काठमाण्डौ । भारतका परफ्युम कारोबार पीयूष जैनको नाम अहिले निकै चर्चामा छ। पीयूषको कानपुर र कन्नोजस्थित घरहरुबाट भारु १९४ करोड रुपैयाँ नगद बरामद भयो। यसका साथै करोडौँको सुन, चाँदी र चन्द पनि फेला पर्यो।
पीषयूको अकूत सम्पत्ति गन्न नै डाइरेक्टरेट जनरल अफ जीएसटी इन्टेलिजेन्स (डीजीजीआई) का अधिकारीहरुलाई ५ दिन लाग्यो। जोकोहीलाई लाग्न सक्छ यति धेरै सम्पत्ति रहेको पीयूषको रहनसहन कति शानदार होला ? तर धनकुबेर पीयूष जीवनशैली निकै सामान्य छ। उनी पुरानो स्कुटर र कार चलाउँथे।
भारतीय अधिकारीहरुका अनुसार पीयूषले दुनियाँका आँखा छल्दै करोडौँको क्यास एक ठाउँबाट अर्को ठाउँमा गर्ने काम गर्थे। तर उनी आफ्ना आफन्त र साथीभाइलाई सधैँ आफ्नो व्यापार घाटामा रहेको र करोडौँको ऋण रहेको बताउँदै आएका थिए।
डीजीजीआईले गत बिहीबार पीयूषको कानपुरस्थित घरमा छापा मारेको थियो। त्यसपछि कन्नोजस्थित घरमा पनि छापा मारिएको थियो। उनको घरको पर्खा, सिलिङ, दराज र गोदामबाट करोडौँ नगद फेला परेको थियो। बरामद नगद गन्न ५ दिन लागेको थियो।
अधिकारीहरुका अनुसार कानपुरबाट भारु १७७ करोड र कन्नोजबाट भारु १७ करोड नगद फेला परेको छ। यका साथै ६४ किलो सुन, लगभग २५० किलो चाँदी र ६०० लिटर चन्दनको तेल बरामद भएको भारतीय प्रहरी अधिकारीहरु बताउँछन्।
पीयूष पुरानो स्कुटर र कार चलाउने हुँदा प्रायः उनका छिमेकीहरुले उनलाई सानो कारोबार ठान्थे। तर उनीहरुलाई पत्तै थिएन कि उनीहरु पैसै–पैसाले भरिएको घरनजिकै बसेका छन् भनेर।
डीजीजीआईले पीयूषलाई पक्राउ गरी ट्रान्जिट रिमान्डमा राख्न चाहन्थे तर अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा राख्नका लागि जेल चलान गरेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19