नयाँदिल्ली । शेयर बजार यस्तो ठाउँ हो, जहाँ लाख लगानी गर्नेलाई भाग्यले साथ दियो भने करोडपति बन्छन् भने करोडपतिहरु समेत लगानी गर्दा भाँती पुर्याएनन् भने लखपतिमा झर्छन् । 

सेयर बजारमा असफलताको कथा भन्दा सफलताका कथा बढी लेखिन्छन्, कहिन्छन् । कतिपय सेयरहरुले लगानीकर्तालाई करोडपति बनाएका रोचक कथाहरु कहिलेकाही सुनिन्छ । छिमेकी देश भारतको सेयर बजारमा केही यस्ता कम्पनी छन्, जसको सेयरमा केही लाख लगानी गर्नेहरु करोडपति भएका छन्, त्यो पनि निकै छोटो समयमा।

भारतमा दुईवटा यस्ता कम्पनीको सेयरको विषय अहिले बाहिरिएको छ, जसमा एक वर्ष अगाडि १ लाख लगानी गर्नेले आफ्नो सम्पत्तिलाई अहिले १६ लाख रुपैयाँभन्दा बढी बनाइसकेका छन् । 

लगानीकर्ताहरूले आगामी दिनमा यस्ता स्टकहरूको सेयरमूल्य थप उकालो लाग्ने अपेक्षा गरेका छन्। यद्यपि, कुनै पनि स्टकमा लगानी गर्नुअघि, तपाईंले आफ्नो वित्तीय सल्लाहकारसँग सल्लाह लिन वा आफैं सम्बन्धित कम्पनीको वित्तीय स्वास्थ्यको विषयमा बुझ्न जरुरी हुन्छ । 

भारतीय सेयर बजारमा लगानीकर्ताहरूलाई धनी बनाउने स्टकहरू मध्ये एक स्पेक्ट्रम इलेक्ट्रिकल उद्योग हो। यसले लगानीकर्तालाई एक वर्षमा करिब १६०० प्रतिशत प्रतिफल दिएको छ । 

एक वर्षअघिको कुरा गर्ने हो भने यो सेयर रु ६२ को हाराहारीमा कारोबार भइरहेको थियो । जहाँ आज यो स्टक रु १०१० मा कारोबार भइरहेको छ । यस स्टकमा लगानी गर्नेहरू धनी भएका छन्। एक वर्षमा बम्पर प्रतिफल दिने स्टकमा स्पेक्ट्रम इलेक्ट्रिकल इन्डस्ट्रिजको नाम अग्रस्थानमा छ । 

आन्ध्र सिमेन्टको स्टकले पनि लगानीकर्तालाई धनी बनाएको छ । एक वर्षअघि यो सेयर करीब ६ रुपैयाँमा कारोबार भएको थियो । जहाँ आज यसको मूल्य रु १०५ भन्दा बढि पुगेको छ । सेयरको ५२ हप्ताको उच्च स्तर मूल्य रु १५८.२५ रहेको छ । तर, अहिले आन्ध्र सिमेन्टको स्टक घटिरहेको छ । तर, लामो अवधिमा यसले लगानीकर्तालाई धनी बनाएको छ । 

एक वर्षमा सेयरले लगानीकर्तालाई १५५० प्रतिशतभन्दा बढी प्रतिफल दिएको देखिन्छ  ।
-एजेन्सी