काठमाण्डौ। बैंकका एटीएम बुथ भएका शाखाहरु बन्द हुने भएका छन्। एटीएम बुथ नभएका शाखाहरु हरेक दिन २ घन्टा खुला हुने भएका छन्।
बैंकर्स संघ नेपालले आफूसँग आबद्ध बैंकहरुलाई एड्भाइजरी जारी गर्दै एटीएम नभएका शाखा हरेक दिन ११ बजेदेखि १ बजेसम्म खोल्नुपर्ने सुझाएको हो।
एटीएम भएका शाखाहरु भने बन्द हुनेछन्। एटीएम भने निरन्तर सञ्चालन हुनेछ।
अहिले देशभर बैंक तथा वित्तीय संस्थामा ३ हजार ६६२ वटा एटीएम सञ्चालनमा छन्।
सरकारले मंगलबारदेखि देशभर लकडाउन गरेपछि बैंकका शाखाहरुबाट प्रवाह हुने सेवा प्रभावित भएका छन्।
बैंकहरुले ‘डिजिटल बैंकिङ’ सेवालाई प्रवद्र्धन गरिरहेका छन्।
काठमाण्डौबाहिर खासगरी गाउँमा रहेका शाखा स्थानीय प्रशासनले स्वीकृति नदिए शाखा बन्द हुनेछ। शाखा कार्यालय बन्द भएका बैंकहरुले त्यहाँको शाखा प्रबन्धक र सेकेन्ड म्यानको नाम, नम्बरलगायतका विवरण सबैले देखिने ठाउँमा राख्नुपर्नेछ।
नगदबाहेकका प्रतितपत्र (एलसी), ग्यारेन्टी, ट्रजरीजस्ता आकस्मिक सेवाका लागि बैंकको मख्य कार्यालय वा तोकिएको शाखाबाट सेवा उपलब्ध हुने छ।
लकडाउनपछि बैंकहरुले शाखामा आउनेलाई बढीमा १ लाखभन्दा धेरै भुक्तानी नदिने जनाएका छन्। सामान्य अवस्थामा राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप राख्ने र झिक्ने दुबै गरिरहेका हुन्थे। अहिले पैसा राख्न छाडेर झिक्नेमात्रै गरिरहेका पैसा झिक्नेको सीमा तोकिएको हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago