काठमाण्डौ। अमेरिकामा काला जातिका एक पुुरुषको प्रहरी हिरासतमा मृत्युु भएपछि उग्र बनेको रंगभेदको आन्दोलनका बीच स्पोर्टस सामग्री उत्पादन गर्ने एडिडासले आफ्नो उत्तर अमेरिकाको जनशक्तिमा काला जातिका कामदारको प्रतिनिधित्व बढाउने पहल चाल्ने योजना बनाएको छ।
कम्पनीद्वारा मंगलबार जारी विज्ञप्तिमा कम्तीमा पनि ३० प्रतिशत नयाँ पदमा काला र लेटिन अमेरिकीहरुबाट पदपूर्ति गर्ने योजना बनाएको उल्लेख छ। यसका साथै कम्पनीले प्रहरीको हिरासतमा मृत्युु भएका जर्ज फ्लोयडको जातीय न्यायका लागि उठिरहेका मुुद्दाको प्रतिक्रियास्वरुप अन्य थुुप्रै कदमहरु चाल्ने जनाएको छ।
गत साता एडिडासलगायत अन्य धेरै ठूला अमेरिकी कम्पनीहरुले “ब्ल्याक लाइफस् म्याटर्स” अभियानप्रति आफ्ना ऐक्यबद्धता जनाएका थिए। यसका साथै कम्पनीहरुले काममा असमान प्रतिनिधित्व र जातीय विभेदलाई सम्बोधन गर्न नसकेको भनेर आलोचनासमेत खेपेका थिए।
केही दिनयता एडिडासका सयौँ कर्मचारीहरु कम्पनीमा रहेका काला जातिका कामदारहरुको हक, अधिकार र समानताका लागि कम्पनीको उत्तर अमेरिकाको पोर्टल्यान्ड ओरिगनमा रहेको मुुख्यालय बाहिर प्रर्दशन गरिरहेका छन्। अन्य स्पोर्टस वेयर कम्पनीहरुजस्तै एडिडासले पनि आफ्नो ब्रान्डलाई प्रवद्र्धन गर्न काला जातिका खेलाडी र सेलिबे्रटीहरुलाई प्रयोग गरिरहेको छ। यसका साथै कम्पनीले काला जातिको संस्कृतिलाई आफ्नो डिजाइन र मार्केटिङ स्किमहरुको प्रेरणाका रुपमा समेत प्रयोग गरिरहेको छ। “विगत दुुई सातादेखि घटिरहेका घटनाक्रमहरुले हामीलाई सांस्कृतिक र प्रणालीगत तत्वहरुको सामना कसरी गर्न सकिन्छ भनेर दर्शाउन बाध्य पारेको छ”, एडिडासका सीईओ कास्पर रोरस्टेडले भने, “हामीले व्यक्तिगत र संस्थागत रुपमा आफूभित्र नियालेर हेर्नुु पर्दछ र काला जाति र समुुदायलाई असन्तुुष्ट र मौन पार्ने प्रणालीहरुमा ध्यान दिनुुपर्दछ।”
यसका साथै सीईओ कास्परले समावेशीको महत्वको कुुरा गर्दा कम्पनीहरुले आफ्ना सबै कर्मचारीहरुले सुुरक्षित, समानता र वृद्धि विकासको समान मौका पाएको अनुुभूति गर्न सक्ने वातावरण सिर्जना गर्नुुपर्नेमा जोड दिएका छन्।
काला समुुदायहरुलाई सहायता प्रदान गर्न एडिडसाले अब आउने चार वर्षभित्र २० मिलियन अमेरिकी डलर सहयोग प्रदान गर्ने जनाएको छ। यसका साथै कम्पनीले प्रत्येक वर्ष ५० जना काला जातिका कामदारहरुलाई विश्वविद्यालयमा अध्ययन गर्न आर्थिक सहायता प्रदान गर्ने जनाएको छ। “हामी र हामीजस्ता अन्य कम्पनीको सफलतामा काला समुुदायका मानिसको योगदान एकदमै उल्लेख्य रहेको छ। हामी हाम्रो कम्पनीको समानता, विविधता र समान अवसरको संस्कृतिलाई सुुधार गर्ने प्रतिबद्धता जाहेर गर्दछौँ”, कम्पनीले उल्लेख गरेको छ।
एडिडासको प्रतिस्प्रधी कम्पनी नाइकीले काला समुुदायको शिक्षा, समाजिक न्याय र जातीय असमानता अन्त्यका लागि अबको चार वर्षभित्र ४० मिलियन अमेरिकी डलर खर्च गर्ने घोषणा गरेपछि एडिडासको यस्तो प्रतिबद्धता आएको हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago