Nepal Investment Bank
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेडले ३३ वर्ष पूरा गरेको छ ।
सन् १९८६ मा स्थापना भएको बैंकले यो अवधिसम्म आइपुग्दा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टीलाई उच्चतम् स्थानमा राखी आफ्नो सेवा विस्तार गरिरहेको बैंकबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
यो अवधिमा ग्राहक सुविधालाई मध्यनजर गर्दै ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउण्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउण्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, ११० वटा एटिएम तथा ३,६६५ वटा पस मेसिनबाट सेवा दिइरहेको छ ।
बैंकले आफ्नो ३३ औ वार्षिकोत्सवको उपलक्ष्यमा सोमबारदेखि एनआइबिएल क्रमिक मुद्धति खाता समेत शुभारम्भ गरेको छ ।
यो बैंकको कुनै पनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्धती खाता खोल्न सक्ने छन् र हरेक महिना न्युनतम रु.३३३ जम्मा गरेर ३३ महिनाको अवधिका लागि उच्चतम ९.२५ प्रतिशत ब्याज पाउन सक्नेछ । थोरै थोरै नगद जम्मा गरेर पनि मुद्धती खाता खोली भविश्यका लागि आर्थिक जोहो गर्न सकिन्छ भन्ने विषयलाई यो खातामा महत्व दिइएको बैंकले जनाएको छ ।
त्यस्तै बालबालिकाहरुमा वित्तिय साक्षरता विस्तार गर्ने उद्देश्यले सोमबारदेखि नै बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नाममा चित्रकथा(कमिक) सार्वजनिक गरेको छ ।
विशेष गरी बालबालिकाहरुलाई सानै उमेरदेखि नै बैंकको महत्व तथा फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि एनआइबिएलले जानकारीमूलक बाल चित्रकथा प्रकाशनमा ल्याएको हो।
त्यस्तै ३३औं वार्षिकोत्सवको अवसरमा एनआइबिएल भिसा कार्ड प्रयोगकर्ताका लागि पस मेसिन प्रयोग गर्दा ३३ प्रतिशत क्यास ब्याक अफर ३३ दिनका लागि प्रदान गर्ने बैंकले घोषणा गरेको छ । यसमा सर्तहरु लागू हुनेछन् ।
यस वर्षदेखि बैंकले आफ्ना कार्ड सञ्जालमा मास्टरकार्डको सेवा संचालनमा ल्याएको छ । मास्टरकार्डबाट एटीएम र पस मेसिन दुवै सुविधा प्राप्त गर्न सकिनेछ ।
३३ औं बसन्तपार गर्र्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले एक खर्ब ४२ अर्ब निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब कर्जा लगानी गरेको छ । यो अवधिसम्म बैंकले ४ अर्ब ७ करोड संचालन मुनाफा कमाउन सफल भएको छ भने १ अर्ब ९७ करोड खुद मुनाफा कमाएको छ ।
बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तिय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने लक्ष्यलाई निरन्तरता दिँदै समयानुकुल प्रविधिको प्रयोगमा थप जोड दिई ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago