काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच  एनआईबिएल सहभागिता फण्ड खरिद तथा बिक्री गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग तथा क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात देशभर रहेको ग्राहकहरुलाई समेट्ने गरी सातवटै प्रदेशका विभिन्न २० वटा शाखा कार्यालयहरुबाट एनआईबिएल सहभागिता फण्ड खरिद तथा बिक्री सम्बन्धी कार्य गर्न सक्नेछन ।